२०८३, आश्विन २१ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

मंगलवार, पौष १६ २०८१०३:५७
मंगलवार, पौष १६ २०८१०३:५७
  • images

    काठमाडौं । सेयरबजार परिसूचक नेप्से २६ सय विन्दुबाट झरेको छ। मंगलबार ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा आइपुगेको हो। 

    योसँगै बजारमा कुल ५ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। १ करोड ३१ लाख कित्ता बिक्रीमा उक्त परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 
    आज २९ वटा सेयर बढे पनि २१२ वटा घटेका छन्। त्यस्तै तीनवटाको कारोबार अघिल्लो मूल्यमै छ। 

    आजको कारोबारमा अधिकतम ६.१० प्रतिशतसम्म मात्रै सेयर मूल्य बढ्दा तीनवटा कम्पनीको नकारात्मक सर्किट लागेको छ। सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घटेको हो। 

    सर्वाधिक कारोबारमा प्रभु बैंकको सेयर अगाडि छ। २३८ रुपैयाँ अन्तिम मूल्य कायम रहेको बैंकको ३५ करोड रुपैयाँको कारोबार भएको छ। त्यसैगरी नेपाल फाइनान्सको १७ करोड, जानकी फाइनान्सको १४ करोडको कारोबार भएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend