२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • जनकपुर शाखा प्रवन्धक पक्राउ समाचारप्रति सिद्धार्थ...

जनकपुर शाखा प्रवन्धक पक्राउ समाचारप्रति सिद्धार्थ बैंकको स्पष्टिकरण

जनकपुर शाखा प्रवन्धक पक्राउ समाचारप्रति सिद्धार्थ बैंकको स्पष्टिकरण

मंगलवार, पौष १६ २०८१०५:२१
मंगलवार, पौष १६ २०८१०५:२१
  • images

    काठमाडौँ । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

    बैंकले मंगलबार एक विज्ञप्ती जारी गर्दै धितो लिलामी प्रक्रियामा सम्बन्धित पक्षहरुलाई चित्त नबुझेको खण्डमा प्रचलित कानून बमोजिम सक्षम निकाय समक्ष न्यायिक उपचारका लागि जान सकिने अवस्था रहदा संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी आक्रमक हुनु दुखद रहेको जनाएको छ । 

    बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो ।

    तर केही व्यक्तिहरूले ऋणी÷जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो ।

    प्रहरी कार्यालयमा छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ ।

    बैंकले यो जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend