२०८३, आश्विन २१ गते

images

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

बुधवार, पौष १७ २०८१११:१५
बुधवार, पौष १७ २०८१११:१५
  • images

    काठमाडौँ। बुधबार सुनकाे मूल्य ह्वात्तै बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्यांकअनुसार बुधबार सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो ।  

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१  हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार  सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ६५ रुपैयाँमा कारोबार भईरहेको  छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।

    आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २९ हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय १३ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend