२०८३, आश्विन २१ गते

images

५ अंकले बढ्यो सेयर बजार

५ अंकले बढ्यो सेयर बजार

बुधवार, पौष १७ २०८१०३:४१
बुधवार, पौष १७ २०८१०३:४१
  • images

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ ।

    बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६१ करोडको कारोबार भएको थियो ।

    बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्यमा बुधबार पनि नकारात्मक सर्किट लाग्यो ।

    बुधबार फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिए । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend