२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • वामदेव गौतम भन्छन्, ‘नेकपा एससँग सैद्धान्तिक...

वामदेव गौतम भन्छन्, ‘नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला’

वामदेव गौतम भन्छन्, ‘नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला’

बुधवार, पौष १७ २०८१०६:०४
बुधवार, पौष १७ २०८१०६:०४
  • images

    काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबिच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।

    बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबिच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरे ।

    उनले भने ‘‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’ छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबिच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए । उनले एकताबद्ध भई अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बताए ।

    उनले भने ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरू बसेर छलफल ग¥यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बिचमा छिटै एकताबद्ध भई सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरूको व्यवस्थापनका कुराहरू भएको छ । हामी यी विषयहरू छिटै टुङ्ग्याउँछौँ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend