काठमाडौँ । बिहीबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।
महासंघको तथ्यांक अनुुसार बुधबार सुन प्रतितोला १४ सय रुपैयाँले बढ्दा चाँदीको भने स्थिर रहेको थियो । बिहीबार प्रतितोला ५ सय रुपयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, प्रतितोला २५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ कायम भएको छ ।

