काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ । कुनै समयमा सामाजिक सञ्जालमा भाइरल रहेका उनले बिहीबार बिहान निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । उपचारको क्रममा महाराजगंज स्थित टिचिंग अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

