२०८३, आश्विन २१ गते

images

पिंगलास्थानमा २३ वर्षीया युवती मृत भेटिइन्

पिंगलास्थानमा २३ वर्षीया युवती मृत भेटिइन्

बिहिवार, पौष १८ २०८१०१:१३
बिहिवार, पौष १८ २०८१०१:१३
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत भेटिएकी छन् ।

    होटलको कोठा नम्बर ३०८ मा २३ वर्षीया युवती युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन ।

    बुधबार दिउँसो साढे २ बजेसम्म पनि युवतीले होटलको कोठा नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा प्रहरीले कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।

    प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend