२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पारित भयो भ्रष्टाचार निवारणसम्बन्धी विधेयक, कर्मचारीलाई...

पारित भयो भ्रष्टाचार निवारणसम्बन्धी विधेयक, कर्मचारीलाई हुनेछ यस्तो फाइदा

पारित भयो भ्रष्टाचार निवारणसम्बन्धी विधेयक, कर्मचारीलाई हुनेछ यस्तो फाइदा

बिहिवार, पौष १८ २०८१०३:०३
बिहिवार, पौष १८ २०८१०३:०३
  • images

    काठमाडौँ । राज्य व्यवस्था समितिबाट पारित भयो भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । 

    उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुगाेंमा पुर्याएर सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो । 

    उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पु¥याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । त्यसअघि उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।     
         
    बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले उपसमितिद्वारा तयार पारिएको प्रतिवेदन सरकारलाई स्वीकार रहेकाले उक्त विधेयक पारित गर्न अनुरोध गरेका थिए । 

    उक्त विधेयक पारित भएसँगै अख्तियारलाई ‘अदालतको अनुमति लिएर टेलिफोन वा सञ्चारमाध्यमको विवरण प्राप्त गर्ने (इन्टरसेप्सन)’ को अधिकार दिइएको छ । यस्तै, सरकारी कर्मचारीमाथि अख्तियारले मुद्दा दर्ता गर्दैमा स्वत  निलम्बित हुने अवस्थाको समेत अन्त्य हुनेछ । यसअघि अख्तियारले कुनै मुद्दा दायर गरेपछि उक्त मुद्दाको टुंगो नलाग्दासम्म कर्मचारीहरु स्वत रुपमा निलम्बीत हुँदै आएका थिए । 

    संसदीय समितिबाट पारित भएको उक्त विद्येयक संसदका दुबै सदनबाट पारित भएपछि कर्मचारीहरु निलम्बीत हुने अवस्थाको समेत अन्त्य हुनेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend