२०८३, आश्विन २१ गते

images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०३:२४
सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०३:२४
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

    बिहीबार ३१५ कम्पनीको १ अर्ब ८६ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार ३ सय ७९ रुपैयाँ बराबार कारोबार भएको छ ।

    आज १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूलय घटेको छ भने ११ कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

    बिहीकार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबरा भएको छ । कम्पनीको ४६ करोड १७ लाख ४२ हजार बढी रुपैयाँको संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय ७० रुपैयाँ रहेको छ ।

    साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend