२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल...

रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गरिने

रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गरिने

बिहिवार, पौष १८ २०८१०४:०७
बिहिवार, पौष १८ २०८१०४:०७
  • images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएका छन् । 

    बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्  । उनले रुग्ण रहेका निजी क्षेत्रका उद्योगका सन्दर्भमा उच्चस्तरीय आयोग बनाउने गरी कार्यदलको प्रस्ताव गरेको जानकारी दिए । 

    उनको अनुसार अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीच समझदारी गरेर कार्यदलको प्रस्ताव गरेको र छिटै मन्त्रीपरिषद् बैठकमा प्रवेश गर्ने बताए । उनले संस्थानको हकमा पूर्ववर्ती सरकारले निजीकरण इकाईमा प्रवेश गराएको विषयलाई कार्यान्वयन गर्ने मन्त्रालय अघि बढेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend