२०८३, आश्विन २१ गते

images

१८ जना सहसचिव र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस, को को परे ?

१८ जना सहसचिव र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस, को को परे ?

शुक्रवार, पौष १९ २०८१०८:३४
शुक्रवार, पौष १९ २०८१०८:३४
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरुलाई बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै ५७ जना शाखा अधिकृत उपसचिवमा बढुवा र १८ जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस गरेको हो । 

    बिहीबार बसेको लोक सेवा आयोगको बढुवा समितिको बैठकले निजामती सेवा ऐन, २०४९ को दफा २० (४) र २५ च. बमोजिम बढुुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ । 

    सूचना अनुसार सहसचिव बढुवाका लागि सिफारिस भएका कर्मचारीहरुमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय गौतम, मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही रहेका छन् ।

    उनीहरु सबै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । ती कर्मचारीहरुले शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् । 

    badhuwaa.JPG

    यस्तै, बिहीबारकै बैठकले ५७ जना शाखा अधिकृतहरु उपसचिव तहमा बढुवाका लागि सिफारिस गरेको छ । सूचना अनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, लेखा र राजश्व समूहका शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरिएको हो ।

    समितिको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ । यस्तैगरी, सेवा समूहका ११ जना र राजश्व समूहका ७ जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिसमा परेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend