२०८३, आश्विन २१ गते

images

सहकारी प्रकरणः रविलगायत प्रतिवादीतर्फको बहस आजदेखि

सहकारी प्रकरणः रविलगायत प्रतिवादीतर्फको बहस आजदेखि

शुक्रवार, पौष १९ २०८११०:३६
शुक्रवार, पौष १९ २०८११०:३६
  • images

    काठमाडौं । पोखरा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदैछ। 

    जाहेरवालातर्फको बहस बिहीबार सकिएपछि आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने भएका हुन्।कास्की जिल्ला अदालतमा दर्ता मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए।

    यसअघि सरकारी वकिलका तर्फबाट बुधबार बहस सकिएको थियो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend