काठमाडौँ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य ह्वातैले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनकि गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामै २ हजार रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५ सय कायम भएको सुनको मूल्य शुक्रबार १ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको थियो ।

