२०८३, आश्विन २१ गते

images

महुली लघुवित्तको एफपीओ : यसरी हेर्नूहोस् रिजल्ट

महुली लघुवित्तको एफपीओ : यसरी हेर्नूहोस् रिजल्ट

शुक्रवार, पौष १९ २०८१०२:३७
शुक्रवार, पौष १९ २०८१०२:३७
  • images

    काठमाडौं । महुली लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट भएको छ। आज बिहान १०:३० बजे बाँडफाँट भएको एफपीओको रिजल्ट भने भर्खर हेर्न मिल्ने भएको छ।

    बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।

    यो सेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

    यसरी हेर्नूहोस् नतिजा:
    नतिजा हेर्नका लागि एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाटमा जानुपर्ने हुन्छ।

    यसका साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

    महुलीले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend