२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, अरु...

सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, अरु कुन कुन पदमा भयो सहमति ?

सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, अरु कुन कुन पदमा भयो सहमति ?

शुक्रवार, पौष १९ २०८१०३:५४
शुक्रवार, पौष १९ २०८१०३:५४
  • images

    काठमाडौँ । बैंक तथा वित्तिय परिसंघ नेपाल (सिविफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत भएका छन् । शुक्रबार (पुस १९ गते) भएको साधारण सभामा उनी दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

    अहिले नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन प्रकृयामा सचिव बाहेक अन्य पदमा सहमति जुटेको छ । सिविफिनको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय पनि सर्वसम्मत भएका छन् । यस्तै, उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन् । महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ एक्लैको दाबेदारी परेको छ ।

    सचिव पदका लागि महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलको उम्मेदवारी परेको छ । दुई जनाबिच सहमति जुटाउने प्रयास भैरहको छ । कोषाध्यक्ष पदका लागि भने एनआईसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षका लागि गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।

    सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् । यस्तै नयाँ कार्यसमितिको घोषणा बैंक तथा वित्तीय संस्था परिसंघको निर्वाचन समितिले गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend