२०८३, आश्विन २१ गते

images

बैंकको सिस्टम ह्याक गरी ३ करोड ३९ लाख चोरी, २४ जनाविरुद्ध मुद्दा दायर

बैंकको सिस्टम ह्याक गरी ३ करोड ३९ लाख चोरी, २४ जनाविरुद्ध मुद्दा दायर

शुक्रवार, पौष १९ २०८११०:३८
शुक्रवार, पौष १९ २०८११०:३८
  • images

    काठमाडौं । काठमाडौं  दरबारमार्गस्थित सिटिजन्स बैंकको सिस्टम ह्याक गरेर ३ करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सिस्टम ह्याक गरेर रकम चोरीमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

    विद्युतीय माध्यमबाट ठगी गरेको कसूरमा २४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थीले जानकारी दिए । खाताबाट रकम चोरी भएको भन्दै एफवान सफ्टको तर्फबाट धिरजकुमार भुजेलले प्रहरीमा जाहेरी दिएका थिए ।

    खातामा पहुँच राखेर रकम चोरीमा संलग्न ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको एसपी अवस्थीले बताए । ठगीमा संलग्न १५ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।

    पक्राउ परेका प्रतिवादीहरूमा ललितपुरका त्रिगुण रत्न बज्राचार्य, सिराहाका राहुल ठाकुर, पुरुषोत्तम शाह, सप्तरी घर भएका कृष्ण रमण राउत, सप्तरीका संजिव कुमार शर्मा, उदयपुरका कमल थापा मगर, दीपक थापा मगर, धरान घर भएका सन्देश राई र सुनसरीका सागर कुमार शाह छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend