काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।
शुक्रबार तोलामै २ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार भने घटेको हो । घटेसँगै सुुनको मूल्य आइतबार प्रतितोला १ लाख ५२ हजार हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार तोलामै २० रुपैयाँले बढेको चाँदीको मूल्य आइतबार भने स्थिर रहेको छ । स्थिर भएसँगै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

