२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाले बनायो संविधान संशोधनका लागि सुझाव...

रास्वपाले बनायो संविधान संशोधनका लागि सुझाव कार्यदल

रास्वपाले बनायो संविधान संशोधनका लागि सुझाव कार्यदल

आइतवार, पौष २१ २०८११२:३३
आइतवार, पौष २१ २०८११२:३३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ । 

    काठमाडौंमा जारी केन्द्रीय समिति बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।  

    कार्यदलमा क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन् । 

    यो कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend