२०८३, आश्विन २१ गते

images

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

आइतवार, पौष २१ २०८१०३:३९
आइतवार, पौष २१ २०८१०३:३९
  • images

    काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार ४.६३ अंकले बढेको बजार आज पनि ५.३२ अंकले बढेर २ हजार ५९१.८६ विन्दुमा बन्द भएको हो । 

    आइतबार ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । बाँकी रहेका ८ कम्पनीको शेयरमूल्य स्थिर छ।

    आज उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत कम्पनी, ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ । कम्पनीको १९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend