काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक कोर्सका ६ महिनामा विभिन्न ८ वटा उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।
आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले ८ वटा कामलाई मुख्य उपलब्धि मानेका हुन्, जसमा कांग्रेससँग मिलेर राजनीतिक स्थायित्वको सन्देश, सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता बमोजिमका काम, सरकार सञ्चालनका लागि आवश्यक संरचना गठनलगायत विषय उल्लेख छन् । अलग–अलग संयन्त्रले काम अगाडि बढाएको र ९ वटा क्षेत्रमा काम गर्ने प्रक्रिया अगाडि बढिसकेको ओलीको दाबी छ ।

