काठमाडौँ । वायुसेवा सञ्चालक संघले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको उडानमा रोक लगाएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै अनिश्चितकालीन उडान स्थगीत गरिएको जनाएको हो ।
हेलिकोप्टर उडानले वातावरण तथा निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै पुस १७ गतेदेखि उक्त क्षेत्रमा उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको थियो । चार्टर्ड उडान गर्ने वायुसेवा कम्पनीलाई समेत गाउँपालिका र स्थानीय क्वलले चालक दलका सदस्यलाई समाति कारवाही गर्ने धम्की दिएपछि उडान स्थगित गर्नुपरेको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
संघले पालिका र एउटा क्वलले सिंगो उडानमा रोक लगाउने धम्की दिएपनि नियमाकीय निकायले वेवास्ता गरेको आरोप लगाएको छ ।
संघका अनुसार हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।

