२०८३, आश्विन २१ गते

images

सकियो सलिकाेको दुई दिने अभिवृद्धि तालिम

सकियो सलिकाेको दुई दिने अभिवृद्धि तालिम

सीएनएन खबर
आइतवार, पौष २१ २०८१०५:३९
सीएनएन खबर
आइतवार, पौष २१ २०८१०५:३९
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले इटहरीमा दुई दिने अभिबृद्धि तालिम सम्पन्न गरेको छ । पुसको १९ र २० गते इटहरिको होटल बरण्डामा उक्त तालिम सकिएको हो । 

    उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता बृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । 

    उक्त कार्यक्रममाा नेपाल बीमा प्राधिकरणका कोशी प्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव  महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम लगायतको उपस्थिति रहेको थियो । 

    तालिम प्रशिक्षकहरुमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना, र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए । प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरुमा जानकारी दिएका थिए भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए । 

    यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पुर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता  रहेका थियो । जसले सबै सहभागीहरुलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गर्याे । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिब रहेको जानकारी दिएकोे छ । 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend