२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु...

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षा र हिमपात

आजको मौसमः तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षा र हिमपात

सोमवार, पौष २२ २०८१०६:५२
सोमवार, पौष २२ २०८१०६:५२
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend