काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।
बुद्ध एयरको सोमबार काठमाडौंबाट भद्रपुर जाँदै गरेको उडान नम्बर ९५३ को कल साईन ९एन एजेएस को दायाँ इञ्जिनमा प्राविधिक समस्या देखिएको छ ।
जहामा प्राविधिक समस्या देखिएपछि सवा ११ बजे काठमाडौं डाईभर्ट गरिएको छ । उक्त जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएको बुद्ध एयरले जानकारी दिएको छ ।
यो वायुसेवाका अनुसार उक्त जहाजलाई प्राविधिक टोलीले थप चेकजाँच गरिरहेका छन् । उक्त जहाजका त्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।

