२०८३, आश्विन २१ गते

images

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

सोमवार, पौष २२ २०८१०३:२१
सोमवार, पौष २२ २०८१०३:२१
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अकंले बढेर २६४०.६८ बिन्दुमा कायम भएकोछ । आज ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको सेयर कारोबार भएको हो ।

    आज बजार बढ्दा १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको १.०९ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशत, हाइड्रोपावर समूहको ३.५५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.२३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

    आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
     
    आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend