२०८३, आश्विन २१ गते

images

नेप्से परिसूचक बढेर २६ सय विन्दुमा पुग्यो

नेप्से परिसूचक बढेर २६ सय विन्दुमा पुग्यो

सीएनएन खबर
सोमवार, पौष २२ २०८१०३:२८
सीएनएन खबर
सोमवार, पौष २२ २०८१०३:२८
  • images

    काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेर २ हजार ६४०.६८ विन्दुमा बन्द भएको हो । 

    सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । बाँकी रहेका ४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको २९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend