२०८३, आश्विन २१ गते

images

रेस्टुरेन्टमा काम गर्ने युवती मृत भेटिइन्

रेस्टुरेन्टमा काम गर्ने युवती मृत भेटिइन्

सीएनएन खबर
सोमवार, पौष २२ २०८१०४:०८
सीएनएन खबर
सोमवार, पौष २२ २०८१०४:०८
  • images

    काठमाडौँ  । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् ।
    मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् ।

    गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताए । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन ्। उनले राति साढे ११ बजेतिर फेसबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेकी थिइन् ।

    डिएसपी पण्डितले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौ। उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend