२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • लेखा समिति सभापति पोखरेलका स्वकीय विरुद्ध...

लेखा समिति सभापति पोखरेलका स्वकीय विरुद्ध पक्राउ पुँर्जी

लेखा समिति सभापति पोखरेलका स्वकीय विरुद्ध पक्राउ पुँर्जी

सोमवार, पौष २२ २०८१०५:३५
सोमवार, पौष २२ २०८१०५:३५
  • images

    काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

    एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

    अनिल कुमार पोखरेलले घुस लिएको समाचार सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवबाट हटाएका थिए । 

    राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend