२०८३, आश्विन २१ गते

images

जेल चलान भए शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष

जेल चलान भए शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष

सीएनएन खबर
सोमवार, पौष २२ २०८१०५:५७
सीएनएन खबर
सोमवार, पौष २२ २०८१०५:५७
  • images

    काठमाडौँ । सपथ लिदालिदैँ पक्राउ परेका वडाअध्यक्ष धीरेन्द्रकुमार साह जेल चलान भएका छन् । युवतीको बलात्कारपछि हत्या र नाबालकलाई वेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि जेल चलान भएका हुन् । 

    जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष साह सहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    नवनिर्वाचित वडाध्यक्षसहित ६ जना विरुद्ध दुई वटा मुद्दा दर्ता भएका छन्। उनीहरूलाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरेको सम्बन्धी अभियोग लागेको छ। साह मंसीर २० मा वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए।

    उनी सहितको समूहले सन्तोषी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ। आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend