२०८३, आश्विन २१ गते

images
  • समाचार
  • १२ जना सहसचिवको सरुवाः काठमाडौँमा तिवारी,...

१२ जना सहसचिवको सरुवाः काठमाडौँमा तिवारी, कहाँ कसले पाए जिम्मेवारी ?

१२ जना सहसचिवको सरुवाः काठमाडौँमा तिवारी, कहाँ कसले पाए जिम्मेवारी ?

सोमवार, पौष २२ २०८१०८:२०
सोमवार, पौष २२ २०८१०८:२०
  • images

    काठमाडौँ । सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले सोमबार काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित केही जिल्लाको सीडीओको सरुवा गरेको हो । 

    जस अनुसार काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।

    कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृहम मन्त्रालय तानिएको छ ।

    गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ । गृह मन्त्रालयकै सहसचिव तुलसी बहादुर श्रेष्ठलाई कैलालीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ । 

    झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ । सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ ।

    दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

    saruwa.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend