२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सामाजिक सुरक्षा कोषमा आबद्ध दाङका सेवाग्राहीले...

सामाजिक सुरक्षा कोषमा आबद्ध दाङका सेवाग्राहीले राप्ती अस्पतालबाट उपचार पाउने

सामाजिक सुरक्षा कोषमा आबद्ध दाङका सेवाग्राहीले राप्ती अस्पतालबाट उपचार पाउने

मंगलवार, पौष २३ २०८१०७:१३
मंगलवार, पौष २३ २०८१०७:१३
  • images

    काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सेवाग्राहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुने भएको छ । 

    सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार प्रतिष्ठानबाट प्राप्त गर्नेगरी सम्झौता गरिएको हो । 

    सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सहज उपचार पहुँच पुर्‍याउने उद्देश्यले कोष र प्रतिष्ठानबीच सम्झौता भएको रजिष्ट्रार लम्सालले बताए। सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि शल्यक्रियासम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुने उनले जानकारी दिए ।

    दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी व्यक्ति आबद्ध रहेका कोष कार्यालयले जनाएको छ । कोषमा आबद्ध व्यक्तिहरूको उपचार गर्नेगरी देशैभरिबाट पहिलोपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता भएको हो । 

    कोषमा वैदेशिक रोजगारमा गएका व्यक्ति, विभिन्न बैंक तथा कम्पनीका सुरक्षा गार्ड कम्पनीमा आबद्ध सुरक्षा गार्ड, कर्मचारीलगायत आबद्ध रहँदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलबाट उपचार हुँदै आएकामा अब विशेषज्ञ सेवासहित कोषमा आबद्ध भएका व्यक्ति उपचार प्रतिष्ठानबाट हुनेछ । 

    कोषमा आबद्ध बिरामीले अनलाइनमार्फत बिरामी भर्ना, औषधि, उपचार खर्चलगायत विवरण बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानी हुने कोष कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend