काठमाडौँ । सोमबार स्थिर रहेको सनुको मूल्यले मंगलबार पनि निरन्त्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार पनि नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको हो ।
मंगलबार पनि सुको मूल्य स्थिर भएसँगै आइतबार कायम भएको प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य स्थिर रहेकोमा मंगलबार भने बढेको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँ कायम भएको हो ।

