२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नयाँ स्टक एक्स्चेन्ज रोक्न सर्वोच्चमा रिट...

नयाँ स्टक एक्स्चेन्ज रोक्न सर्वोच्चमा रिट दर्ता

नयाँ स्टक एक्स्चेन्ज रोक्न सर्वोच्चमा रिट दर्ता

सीएनएन खबर
मंगलवार, पौष २३ २०८१०२:४८
सीएनएन खबर
मंगलवार, पौष २३ २०८१०२:४८
  • images

    काठमाडौं । नयाँ स्टक एक्स्चेन्ज खोल्न प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार कृष्णबहादुर थापाले ऐन–नियममा व्यवस्था नभई निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 

    धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा रहेर नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन मागेको थियो। रिटमा उक्त सूचना बमोजिम भएगरेका सम्पूर्ण कामकारबाहीहरू रद्द गरी निर्देशिका पनि खारेज गर्न माग गरिएको छ ।
    मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निणर्य गरेपछि नयाँ लाइसेन्स वितरणको काम अगाडि बढेको थियो। 

    निवेदक थापाले कार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। सर्वोच्च प्रशासनका अनुसार उक्त रिटउपर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend