२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार...

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

सीएनएन खबर
मंगलवार, पौष २३ २०८१०३:०१
सीएनएन खबर
मंगलवार, पौष २३ २०८१०३:०१
  • images
    कठमाडौँ । सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् ।
     
    दश वर्ष मलेसियामा बसेर फर्केका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् । 
     
    उनले तीन वर्षअघि पाँच लाख  रुपैया लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए । 
     
    ‘सीप र पुँजी छ भने मान्छे भोकले मर्दैन’, उनि भन्छन्, ‘आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।’ उनले पाँच जनालाई  रोजगारी दिएको बताए । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए । स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ थियो ।
     
    वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उहाँको उद्यमलाई प्रवद्र्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए । नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend