काठमाडौँ। निरनतर तीन दिन स्थिर रहेकाे सुनकाे मूल्य बुधबार भने बढेकाे छ।
गत आइतबारदेखी स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

