२०८३, आश्विन २१ गते

images
  • समाचार
  • स्वर्णलक्ष्मी ठगी प्रकरणः धरौटीमा रिहा भए...

स्वर्णलक्ष्मी ठगी प्रकरणः धरौटीमा रिहा भए दुई आरोपी

स्वर्णलक्ष्मी ठगी प्रकरणः धरौटीमा रिहा भए दुई आरोपी

सीएनएन खबर
बुधवार, पौष २४ २०८११२:०५
सीएनएन खबर
बुधवार, पौष २४ २०८११२:०५
  • images

    काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

    काठमाडौं जिल्ला अदालतले उनीहरुलाई मंगलबार रिहा गर्न आदेश दिएअनुसार रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    रिहा हुनेमा उक्त सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटीमा रिहा भएका हुन ।

    सरकारी वकिलको कार्यालयले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो । 

    कार्यालयले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप लगाउँदै सात बर्षसम्मको जेल सजायको माग गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend