२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी...

सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन सकिँदैनः प्रचण्ड(भिडियो)

सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन सकिँदैनः प्रचण्ड(भिडियो)

बुधवार, पौष २४ २०८१०१:२३
बुधवार, पौष २४ २०८१०१:२३
  • images

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई तह लगाउन शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलगाइएकाे आरोप लगाएका छन्।

    बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

    उनले भने, ‘एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित गर्‍यो। एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ। अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ।’

    साथै उनले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको पनि बताए।

    उनले भने, ‘पीडितहरुले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकी अन्तिममा चाहिँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो। त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन।

    अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्‍याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने उनकाे भनाइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend