२०८३, आश्विन २१ गते

images

झिनो अंकले बढ्यो सेयर बजार, यी पाँच कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

झिनो अंकले बढ्यो सेयर बजार, यी पाँच कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बुधवार, पौष २४ २०८१०३:२४
बुधवार, पौष २४ २०८१०३:२४
  • images

    काठमाडौं । सेयर बजार बुधबार झिनो अंकले बढेको छ । आज नेप्से ६.५३ अंकले बढेर २ हजार ६ सय ५३ दशमलब ३८ विन्दुमा बन्द भएको छ भने ६ अर्ब ४० करोड ७९ लाख रूपैयाँको कारोबार भएको छ ।

    बुधबार पाँच कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको हो । नेप्सेका अनुसार आज समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०८ रूपैयाँ पुगेको छ । यसका साथै आज सिन्धु विकास बैंकको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यस बैंकको शेयर मूल्य बढेर प्रतिकित्ता १०४९ र”पैयाँ पुगेको छ ।

    बुधबारको कारोबारमा चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता ८३९ रुपैयाँ पुग्दा सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले बढेर प्रतिकित्ता १२६७ रुपैयाँ पुगेको छ । आज न्यादी हाइड्रोपावरको शेयर मूल्य पनि ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६४१ रुपैयाँ पुगेको छ ।

    सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend