२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घुस सहित समातिए विद्यालयका लेखापाल र...

घुस सहित समातिए विद्यालयका लेखापाल र सञ्चालक समिति सदस्य

घुस सहित समातिए विद्यालयका लेखापाल र सञ्चालक समिति सदस्य

बुधवार, पौष २४ २०८१०८:३१
बुधवार, पौष २४ २०८१०८:३१
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्यलाई नियन्त्रणमा लिएको छ । 

    आयोगको बुटवलबाट खटिई गएको टोलीले नवलपरासी  जिल्लाको ब.सु (पश्चिम), पाल्हिनन्दन गाउँपालिका, वडा नं ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेस गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई ६५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । 

    उनीहरुले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आयोगले बुधबार नियन्न्त्रणमा लिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend