२०८३, आश्विन २१ गते

images
  • समाचार
  • देशभरको मौसमःतराईका धेरै स्थानमा हुस्सु, अन्यन्त्र...

देशभरको मौसमःतराईका धेरै स्थानमा हुस्सु, अन्यन्त्र सफा रहने

देशभरको मौसमःतराईका धेरै स्थानमा हुस्सु, अन्यन्त्र सफा रहने

सीएनएन खबर
बिहिवार, पौष २५ २०८१०७:४८
सीएनएन खबर
बिहिवार, पौष २५ २०८१०७:४८
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी  वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । 

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने  बाँकी भागमा मौसम  सफा रहने छ । 

    शुक्रबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend