२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पक्राउ परे लेखा समिति सभापतिको स्वकीय...

पक्राउ परे लेखा समिति सभापतिको स्वकीय सचिव पोखरेल

पक्राउ परे लेखा समिति सभापतिको स्वकीय सचिव पोखरेल

बिहिवार, पौष २५ २०८१११:१०
बिहिवार, पौष २५ २०८१११:१०
  • images

    काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरेको हो ।

    ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको थियाे । साेही अनुमतिकाे आधारमा उनी पक्राउ परेका हुन् ।

    मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

    पोखरेलले एबीबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।

    प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend