२०८३, आश्विन २१ गते

images

धरौटी रकम बुझाएर रिहा भए ३ आरोपी

धरौटी रकम बुझाएर रिहा भए ३ आरोपी

बिहिवार, पौष २५ २०८१०७:०६
बिहिवार, पौष २५ २०८१०७:०६
  • images

    काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ।उक्त आदेशसँगै ३ जना आरोपीले धरौटी रकम बुझाएर रिहा भएका छन् ।

    गण्डकी प्रदेश सभाकी पूर्वसांसद मीना गुरुङ ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङ एक लाख र आरती गुरुङ ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

    न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको थियो ।

    रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। लीला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।

    छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

    छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरेको हो। तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend