२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सुनको कमण्डलु बोकेर भिख नमागौंः पूर्वराजा...

सुनको कमण्डलु बोकेर भिख नमागौंः पूर्वराजा शाह(भिडियोसहित)

सुनको कमण्डलु बोकेर भिख नमागौंः पूर्वराजा शाह(भिडियोसहित)

बिहिवार, पौष २५ २०८१११:०३
बिहिवार, पौष २५ २०८१११:०३
  • images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश दिएका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । 

    पूर्वराजा शाहले नेपाल राष्ट्र निर्माणको पृष्ठभूमि चर्चा गर्दै भिडियो सन्देशमा भनेका छन्, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’

    पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स-सानो भूखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको पूर्वराजा शाहको वक्तव्यमा भनिएको छ । शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उक्त एकतालाई भूगोलमात्रै नभई विविधता र सामाजिक समन्वयको कडी पनि भनेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend