२०८३, आश्विन २१ गते

images

तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
शुक्रवार, पौष २६ २०८११०:४५
सीएनएन खबर
शुक्रवार, पौष २६ २०८११०:४५
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन  नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४  हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

    अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५३  हजार ३ सय रुपैयाँमा  कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय ४५ रुपैयाँमा कारोबार भईरहेको  छ । बिहिबार चाँदी १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार १ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ८२ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend