२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछाने आइतबार मात्रै अदालत उपस्थित...

रवि लामिछाने आइतबार मात्रै अदालत उपस्थित हुने

रवि लामिछाने आइतबार मात्रै अदालत उपस्थित हुने

शुक्रवार, पौष २६ २०८१०२:४३
शुक्रवार, पौष २६ २०८१०२:४३
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउँदैछन् । 
    लामिछाने आज नै पोखराबाट काठमाडौं आउँदै गरेका रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। रवि आज नै काठमाडौं आएपनि अदालतमा भने आइतबार मात्रै उपस्थित हुने उनले बताए।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका उनी शुक्रबार काठमाडौं आएर आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् ।

    लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । यता काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend