२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • स्वार्थ जोडिएका विषयमा संलग्न हुने कर्मचारीलाई...

स्वार्थ जोडिएका विषयमा संलग्न हुने कर्मचारीलाई कारबाहीः विद्युत् प्राधिकरण

स्वार्थ जोडिएका विषयमा संलग्न हुने कर्मचारीलाई कारबाहीः विद्युत् प्राधिकरण

शुक्रवार, पौष २६ २०८१०३:३४
शुक्रवार, पौष २६ २०८१०३:३४
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (दरबारमार्ग)ले प्राधिकरणका कर्मचारी तथा तिनका परिवारका सदस्यको स्वार्थ जोडिएका विषयमा सम्बन्धित कर्मचारी नै प्राधिकरणद्वारा गरिने खरिद प्रक्रिया, नीतिगत निर्णय तथा अन्य विषयमा समेत संलग्न हुने गरेको भन्ने गुनासो तथा उजुरी प्राप्त भएको जानकारी गराउँदै सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। 

    प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लिखित विषयमा संलग्न नहुन /नगराउन निर्देशन दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त स्वार्थ जोडिएको विषयसँग सम्बन्धित कर्मचारीलाई कुनै पनि खरिद प्रक्रिया, नीतिगत तथा अन्य निर्णयमा संलग्न नहुन/नगराउन र सोविपरीत संलग्न भए/गराएको पाइएमा कार्यालय प्रमुख र संलग्न हुने कर्मचारीलाई हदैसम्मको विभागीय कारबाही गरिने बेहोरासमेत मिति २०८१।०९।१७ को निर्णयानुसार अनुरोध छ।’

    bidut_LvH6mKEnGh.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend