२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रुपन्देही प्रहरीले बुझायो सुप्रिम सहकारीको प्रतिवेदन,...

रुपन्देही प्रहरीले बुझायो सुप्रिम सहकारीको प्रतिवेदन, रविसहितका आरोपितलाई कारबाही गर्नुपर्ने राय

रुपन्देही प्रहरीले बुझायो सुप्रिम सहकारीको प्रतिवेदन, रविसहितका आरोपितलाई कारबाही गर्नुपर्ने राय

सीएनएन खबर
शुक्रवार, पौष २६ २०८१०३:३४
सीएनएन खबर
शुक्रवार, पौष २६ २०८१०३:३४
  • images

    काठमाडौँ । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका आरोपितविरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाइएको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जीतसिंह राठौरले जानकारी दिए ।

    लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार कास्की जिल्ला अदालतबाट छुटेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा समेत उनी अभियुक्त रहेको र मुद्दा यसअघि नै अदालतमा लगिएको छ । सोही कारण उनी आइतबार (पर्सि) काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन् ।

    काठमाडौंबाट समेत धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिइए उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ । चितवन र पर्सा प्रहरीले पनि उनीमाथिको अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend