२०८३, आश्विन २१ गते

images

दुम्कीबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग बन्द

दुम्कीबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग बन्द

शुक्रवार, पौष २६ २०८१०७:१७
शुक्रवार, पौष २६ २०८१०७:१७
  • images

    काठमाडौं । नवलपरासी पूर्वको दुम्कीबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ। शुक्रबार साँझ साढे ५ बजे दुम्कीबासदेखि पूर्वमा रहेको विनयी खोला पुल भाँचिएको हो।

    अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल भाँचिएपछि उक्त लरी पुलमै अड्किएको छ। पुल भाँचिएपछि राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ।

    वैकल्पिक बाटोको लागि डाइभर्सन खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवरपारसी पूर्वले जनाएकाे छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend