२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पत्रकार सम्मेलन गरी कृषि अनुदानको विवरण...

पत्रकार सम्मेलन गरी कृषि अनुदानको विवरण सार्वजनिक गर्दै कृषिमन्त्री अधिकारी

पत्रकार सम्मेलन गरी कृषि अनुदानको विवरण सार्वजनिक गर्दै कृषिमन्त्री अधिकारी

सीएनएन खबर
आइतवार, पौष २८ २०८१०८:०८
सीएनएन खबर
आइतवार, पौष २८ २०८१०८:०८
  • images

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ । 

    कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले पद बहालि गरेका दिन मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने  प्रतिवद्धता व्यक्त गरेका थिए ।

    “गरिव, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान  वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शि बनाउनु जरुरी छ । यसैका लागि  मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ,” उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend